काठमाडौं-प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट विदुर आचार्यको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ। नेकपा एमाले नेता स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उद्घाटन गर्नुभएको अधिवेशनले सागर खड्का र गोमा खत्रीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ।
सचिवमा दिपिन ढुङ्गाना, सहसचिवमा सुशील सुवेदी र सुनिता लामा निर्वाचित हुनुभएको छ। त्यस्तै कोषाध्यक्ष विशाल आचार्य चुनिनु भएको छ।
सदस्यहरूमा जनार्दन नेपाल, सहदेव ढुङ्गाना, प्रमीला विक र मधुसूदन ढुङ्गाना निर्वाचित हुनुभएको छ।
केन्द्रीय प्रतिनिधिमा माधव नेपाल, टिका सुवेदी र सुनपता रखाल मगर निर्वाचित हुनुभएको छ ।
प्रदेश प्रतिनिधिमा देवराज सुवेदी, सागर खड्का र गोमा खत्री निर्वाचित हुनुभएको छ ।
अधिवेशनलाई प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामा लगायतले सम्बोधन गर्नुभएको थियो ।






प्रतिक्रिया