अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको अढाइवर्ष पछि सञ्चारमन्त्री गुरुङको भनाइ :अन्तर्घातले ८२ पालिका हारियो

स्थानीय तहको अढाइवर्ष पछि सञ्चारमन्त्री गुरुङको भनाइ :अन्तर्घातले ८२ पालिका हारियो


काठमाडौं – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रको अन्तर्घातकै कारणले गएको स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी बन्न नसकेको बताउनुभएको छ। प्रेस चौतारी नेपाल एशोसिएन प्रदेश समितिको अधिवेशनलाई सम्बोधन गर्दै पार्टीभित्रकै अन्तर्घातको कारणले एमालेले ८२ सीट हारेको बताउनुभयो।
उहाँले भन्नुभयो , ‘गएको स्थानीय तहको चुनावमा ७५३ पालिकामध्ये ८२ वटामा हामीभित्रकै आन्तरिक विवादको कारणले हार्यौं। हाम्रो उम्मेदवारलाई हाम्रै साथीहरुले असहयोग गरेको कारणले, आफूले टिकट नपाउनेबित्तिकै कोही कांग्रेसतिर लागिदिए, कोही कांग्रेसलाई पैसा हाल्न थाले, अहिले हाम्रो २०६ सीट छ ८२ थपिएको भए २८८ हुन्थ्यो। कांग्रेस र माओवादीको सीट घट्थ्यो। हामी पहिलो पार्टी बन्थ्यौं। यत्रो घेराबन्दीको बीचमा पनि।’

स्थानीय तहको निर्वाचनकै कारणले संघको निर्वाचनमा पनि एमालेले लक्ष्यअनुसार जित्न नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी संघमा पनि सय सीट हुन्थ्यो कांग्रेस ७०र८० तिर आइपुग्थ्यो। त्यसैले हाम्रो समानुपातिक पनि केही घट्यो। हामीले प्रत्यक्षमै ७० सीट जित्ने अनुमान गरेका थियौं ४४ मात्रै जित्यौं।’