सुर्खेत-नेकपा एमालेका सचिव योगेश भट्टराईले २०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ। आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै सचिव भट्टराईले यस्तो दाबी गर्नुभएको हो।
सचिव भट्टराईले भन्नभयो, ‘संसदमा पक्ष र विपक्षी बलियो हुनुपर्छ,०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने छ’, यो हाम्रो दाबी हो ।’ सचिव भट्टराईले अहिलेको समीकरण ०८४ सम्म अगाडि बढाउने पनि बताउनुभयो । त्यसपछि दुवै दल आआफ्नै तरिकाले चुनाव लड्ने उहाँको भनाइ छ ।
सरकारले २९ वटा कानुनलाई सच्याउने गरी ६ वटा अध्यादेश ल्याइएको भन्दै सचिव भट्टराईले त्यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो । सचिव भट्टराईले भन्नभयो–’हामीले ल्याएको अध्यादेशले आर्थिक क्षेत्र चलायमान हुन्छ। सबैले अध्यादेशलाई राम्रो मानेका छन् । रोजगारीका अवसर सिर्जना हुने छ।’
अध्यादेश जसरी पनि पास हुने सचिव भट्टराईले दाबी गर्नुभयो । भूमि सम्बन्धी अध्यादेशको विषयमा उपेन्द्र यादवसँग कुरा भइरहेको र यो विधेयक पनि पास हुने सचिव भट्टराईले बताउनुभयो।
सचिव भट्टराईले सामाजिक सञ्जाल नियमन गर्न पहिलादेखिकै सरकार लागिरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो चाहना निषेध हैन नियमन हो । फेसबुक, युट्युबबाट क्राइम भएको छ त्यसलाई नियन्त्रण कसरी गर्ने ? त्यसैले दर्ता गरेर चलाउनुपर्छ भन्ने हाम्रो भनाइ हो।’






प्रतिक्रिया