काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो नेतृत्वको टोलीले पाभिभरा केवलकारको निर्माणाधिन संरचना तोडफोड गरेको छ । सो टोलीले निर्माण स्थल नै कब्जा गर्न खोजेपछि सशस्त्र प्रहरीसँग झडपसमेत भएको छ । सशस्त्र प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिन दर्जन बढी अश्रुग्यास हानेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार पक्षले पदयात्रा आयोजना गरेको थियो । पदयात्रामा आएकाहरूले केबलकार निर्माणस्थलमा रहेका निर्माण समाग्रीहरू कब्जामा लिन खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।
सो क्रममा केबलकारविरोधी समूहले ढुंगामुढा गरेको प्रहरी नायब निरीक्षक रवी रावलले जानकारी दिनुभयो । केही छिन तनावग्रस्त बनेको सो क्षेत्र अहिले सामान्यतर्फ फर्किँदैछ । आन्दोलनकारीले केबलकार निर्माणस्थलको माथि पाखाबाट अन्धाधुन्ध ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ । । त्यस्तै उनीहरुले मजदुरलाई काम छाडेर नहिडे क्षति भोग्नुपर्ने चेतावनी दिएका थिए ।
निर्माणस्थल कब्जा गर्ने उद्देश्यले अघि बढेका पहिचानवादी आन्दोलनकारीलाई रोक्न खोज्दा ढुंगा हानेर तोडफोडमा उत्रिएपछि उनीहरुलाई पछि हटाइएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया