अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा केबलकार निर्माण बिथोल्न खोज्नु राम्रो होइन: महासचिव पोखरेल

पाथीभरा केबलकार निर्माण बिथोल्न खोज्नु राम्रो होइन: महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाथीभरा मन्दिरमा केबलकार निर्माण बिथोल्न नहुने बताउनुभएको छ। ताप्लेजुङवासीको चाहनाविपरीत बाहिरकाले केबलकार निर्माण बिथोल्न खोजेको महासचिव पोखरेलले आरोप लगाउनु भयो ।

‘ताप्लेजुङवासी आफ्नो जिल्लामा रहेको प्रसिद्ध पाथीभरालाई मुलुकै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ केबलकार सहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने त्यसप्रति बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु राम्रो होइन।’ महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

ताप्लेजुङको पाथीभरामा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप भएको थियो। झडपमा परी सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन्। 

 घटनामा नेपाल प्रहरीका ६ जना, सशस्त्र प्रहरीका ५ जना तथा नो केबलकार समूहका १ जना घाइते भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।