अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरकाे लिम्चुङबुङमा जरा केन्द्रित अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

उदयपुरकाे लिम्चुङबुङमा जरा केन्द्रित अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न


उदयपुर-नेकपा एमाले लिम्चुङबुङ पालिका कमिटीको आयोजनामा जरा केन्द्रित अभियान सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पालिका कमिटी अध्यक्ष ज्ञान बहादुर राईको अध्यक्षता, पोलिटब्युरो सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज मन्जु कुमारी चौधरीको प्रमुख आतिथ्य तथा केन्द्रिय सदस्य एवं संघीय निर्वाचन क्षेत्र १ र २ का इन्चार्ज अम्बिका थापाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा वडा स्तरका अभिमुखिकरण कार्यक्रमको मिति निर्धारण गरिएको छ भने पालिका स्तरको जनसङ्गठन समन्वय संयन्त्र, वडा अभियान संयोजक र सदस्यहरुको बैठक, भुगोलका जिल्ला कमिटी सदस्य तथा पालिका पदाधिकारीहरुको संयुक्त बैठक आयोजना गरी जनसङ्गठनको पालिका र वडा अधिवेशन तथा पुनर्गठन गर्ने निर्णय भएको छ। साथै, पालिका कमिटी सचिवालय गठन र कार्य विभाजन लगायतका निर्णयहरू पनि भएका छन्।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विपद् व्यवस्थापन विभाग प्रमुख राजकुमार राईका अनुसार अभियान सञ्चालन सम्बन्धी प्रशिक्षण दुर्गा कुमार थापाले दिनु भएको थियो। उहाँले पार्टीको कार्यशैली, पार्टी प्रतिको आक्रमणको रक्षा, सरकारमा रहँदा पार्टीले गरेका महत्वपूर्ण कार्यहरू, पार्टी निर्माणका विधिहरू लगायतका विषयमा विस्तृत प्रशिक्षण दिनु भएको थियो।

प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य अम्बर बहादुर रायमाझीले विकास गतिविधिहरूको समीक्षा गर्दै स्थानीय तहमा जनमुखी कार्यहरू गर्ने विषयमा प्रकाश पार्नुभयो। विशेष अतिथि अम्बिका थापा तथा प्रमुख अतिथि मन्जु कुमारी चौधरीले पार्टी केन्द्रिय कमिटीका निर्णयहरू सार्वजनिक गर्दै पार्टी र जनप्रतिनिधिहरूबीच समन्वयको आवश्यकतामा जोड दिनुभयोश्र

त्यसैगरी, कोशी प्रदेश कमिटी सदस्य, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रिय महासचिव तथा पार्टी लिम्चुङबुङ इन्चार्ज देवराज राईले संगठन निर्माण, प्रतिपक्षको भूमिकाबारे तथा सामाजिक सञ्जालमा पार्टी गतिविधिको प्रभावकारिता जस्ता विषयमा चर्चा गर्नुभयो। जिल्ला कमिटी उपसचिव तथा जनसङ्गठन समन्वय संयन्त्र प्रमुख हेम बहादुर खड्काले पालिका, वडा कमिटी तथा जनसङ्गठनहरूको भूमिका, जिम्मेवारी बाँडफाँड तथा प्रतिवेदन तयारीको विषयमा मन्तव्य दिनु भएको थियो।

कोशी प्रदेश संसदीय विभाग सदस्य डिक बहादुर राउत, जिल्ला कमिटी सचिवालय सदस्य होम बहादुर राई, भलराज राई, जिल्ला सदस्य देव कुमारी कार्की, अभियानका वडा संयोजक तथा सदस्यहरू, पालिका कमिटी सदस्यहरू, जनप्रतिनिधिहरू तथा अन्य अगुवा कार्यकर्ताहरू कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रमको सञ्चालन पालिका कमिटी सचिव मनराज राईले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष केशरमणी राईले दिनुभएको थियो। प्रमुख अतिथिले ब्यानर पढेर औपचारिक रूपमा कार्यक्रम उद्घाटन गरेका थिए।