अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा तनाव: ताप्लेजुङमा आजदेखि अनिश्चितकालीन यातायात बन्द घोषणा

पाथीभरा तनाव: ताप्लेजुङमा आजदेखि अनिश्चितकालीन यातायात बन्द घोषणा


ताप्लेजुङ-ताप्लेजुङको पाथीभरामा बिहीबार भएको झडपपछि यातायात व्यवसायीले आज (शुक्रबार) देखि अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेको छ।

ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते राति १२ बजेदेखि यातायात बन्द गर्न बताएका हुन्।  उनीहरुले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका र ताप्लेजुङका शाखा सडकहरूमा यातायात बन्दको आह्वान गरेका हुन्।

घाइतेहरूको उद्धार तथा उपचारको सहजीकरणको लागि फुङलिङबाट काफ्लेपाटी हुँदै पाथीभरा केबलकारको निर्माणाधीन बेस स्टेसनतर्फ गएको अधिकारकर्मी, व्यवसायी र रेडक्रसकर्मी चढेको सवारी नो केबलकार’ पक्षधरहरू आन्दोलनकारीले तोडफोड र चालक कुटपिट गरेको घटनाको विरोधमा यातायात बन्दको आह्वान गरेका हुन् ।

मे.१ ज २५७९ नम्बरको सवारीका घाइते चालक ४३ वर्षीय राजकुमार पौडेलको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि बाहिरी जिल्ला रेफर गरिएको छ । ताप्लेजुङ जिल्ला अस्पतालका डाक्टर प्रणाम जैरुले यहाँ उपचार सम्भव नभएपछि पौडेललाई रेफर गरिएको जानकारी दिएका छन् ।

पाथीभरा यातायात सेवा प्रालिका ताप्लेजुङ, पाँचथर, इलाम र झापाका संयोजकहरूले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा तोडफोड र कुटपिटमा संलग्नलाई कारबाही, घाइतेको उपचार र सवारी साधनको मर्मतको माग गरिएको छ। उक्त माग पूरा नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सवारी बन्दको घोषणा गरिएको छ ।

मुक्कुमलुङ पदयात्राको अन्तिम दिन बिहीबार ‘नो केबलकार’ पक्षधरहरू निर्माणाधीन बेस स्टेसनतर्फ जान अघि बढेपछि भएको झडपमा १३ जना घाइते भएका थिए ।