काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गरिबीमाथिको अपमानबाट जोगिन आफ्नो देश बनाउने अभियानमा अभियानमा आफैँ जुट्न आग्रह गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी अनुदानलाई ‘फ्रड’ भनेर टिप्पणी गरेपछि महासचिव पोखरेलले विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएको उल्लेख गर्नुभएको हो।
‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन्।’ महासचिव पोखरेलले फेसबुकमा लेख्नुभएको छ, ‘त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि।’
विदेशी अनुदानको यथार्थतालाई औंल्याउँदै महासचिव पोखरेलले नेपाली जनतालाई ‘गरिबीमाथिको अपमान’बाट बच्न आफ्नै प्रयासमा मुलुक निर्माण गर्न आह्वान गर्नुभयो । ‘गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौँ र भनौँ– ‘हामी बनाउँछौँ हाम्रो देश नेपाल’ महासचिव पोखरेलले भन्नुभयो।






प्रतिक्रिया