धरान – विपक्षीहरुले सरकार ढल्ने अभिव्यक्ति दिइरहेकोतर्फ इंगित गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यो सरकार दुई पटक ढल्ने बताउनुभएको छ ।
धरानमा जारी विजनेश एक्स्पोको शनिबार समापन गर्दै उनले २०८३ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा एक पटक सरकार ढल्छ र अर्को पटक २०८४ मंसिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिँदा यो गठबन्धनको सरकार ढल्ने बताउनुभयो ।
दुई प्रमुख दलहरु एमाले कांग्रेसलाई खेलेर सत्तामा रमाउने माओवादी दोहोरो चरित्रको अन्त्यका लागि एमाले काँग्रेस गठबन्धन बनेको एमाले जनसंगठन संयन्त्रको प्रमुखसमेत रहेका ढकालले बताउनुभयो ।
उनले एमालेलाई धोखा दिएर फुत्त काँग्रेससँग टासिने र काँग्रेससँग अघाएपछि फेरी एमालेको काँधमा चढ्ने माओवादी प्रवृतिको उपज यो गठबन्धनको सरकार रहेको बताउनुभयो ।
‘२०८४ को निर्वाचनमा एमाले काँग्रेस प्रतिद्वन्द्वी भन्ने दुवै पार्टीहरुलाई थाहा छ हामी सिंगल(सिंगल प्रतिष्पर्धा गर्छौ एमालेले जिते काँग्रेस प्रतिपक्षमा बस्छ, काँग्रेसले जिते एमाले प्रतिपक्षमा बस्छ’, ढकालले भन्नुभयो । तर यो गठबन्धनलाई सत्तोसरोप गर्ने र आजै ढलिहाल्यो, भोली ढल्छ भनेर भ्रम फैलाउनुको कुनै तुक नरहेको उहाँले बताउनुभयो ।






प्रतिक्रिया