अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

केपी ओली कप आजदेखि

केपी ओली कप आजदेखि


काठमाडौं-केपी ओली कप फुटबल च्याम्पियनसिप प्रतियोगिताको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

प्रतियोगितामा पछिल्लो दुई संस्करणको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम एनआरटी, संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजक टोली केपी ओली एफसीले सहभागिता जनाउने छन् ।