अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्युठानमा दम्पती हत्या प्रकरण: रगत लतपतिएको घन बारीमा भेटियो

प्युठानमा दम्पती हत्या प्रकरण: रगत लतपतिएको घन बारीमा भेटियो


काठमाडौं-प्युठानमा घरभित्रै मृत भेटिएका दम्पतीको घन प्रहार गरी हत्या भएको खुलासा भएको छ। माण्डवी गाउँपालिका–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत भेटिएका थिए।

प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले परियार दम्पतीमाथि घन प्रहार भएको पुष्टि भएको जानकारी दिनुभयो। हत्यामा प्रयोग भएको घन रगत लतपतिएको अवस्थामा घटना भएको घरदेखि ५० मिटर पूर्वस्थित बारीमा भेटिएको डिएसपी बस्यालले जानकारी दिनुभयो । शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि रामबहादुरका छिमेकी उनलाई बोलाउन गएका थिए । ढोका ढकढकाएर बोलाउँदा नबोलेपछि ती छिमेकीले ढोकाबाटै चिहाएर भित्र हेरेका थिए ।

छिमेकीले टेलिफोनमार्फत जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी खटिएको थियो । पछि जिल्लाबाट डीएसपी बस्यालको टिम अनुसन्धानका लागि खटिएको थियो ।