अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजालाई सांसद न्यौपानेको सुझाव: सत्तामा फर्किने चाहना छ भने टिका लगाएर होइन, २०८४ को चुनावमा भाग लिनुहाेस्  

पूर्वराजालाई सांसद न्यौपानेको सुझाव: सत्तामा फर्किने चाहना छ भने टिका लगाएर होइन, २०८४ को चुनावमा भाग लिनुहाेस्  


काठमाडौं-नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिनुभएको छ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन चुनौती दिनुभएको हो।

सांसद न्यौपानेले चुनाैती दिदै भन्नुरभयो, ‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्।’

सांसद न्यौपानेले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कसैको कृपाले नभई जनताको शक्तिले आएको भन्दै यसमाथिको प्रहार सह्य नहुने जिकिर गर्नुभयो।

मुलुकमा लोकतन्त्रको विकल्प लोकतन्त्रमात्रै भएकाले कुनै पनि बहानामा गणतन्त्रमाथिको प्रहार स्वीकार्य नभएको उहाँको भनाइ छ ।