काठमाडौं-प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले काठमाडौंको दरबारमार्गकाे सडक पेटीमा बिछ्याइएको ग्रेनाइटका कारण दृष्टिविहीनलाई हिँड्न समस्या भएको बताउनु भएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डगोलले राम्रो काम गरेको भएपनि दरबारमार्गको सडकपेटीमा बिछ्याइएको ग्रनाइडका कारण दृष्टिविहीनलाई हिँड्न असहज भएको गुनासो बढेको बताउनु भयो।
सांसद ढकालले भन्नुभयो, ‘दरबारमार्गमा निर्माणाधीन सडक पेटी दृष्टिविहीन मैत्री नभएको पनि गुनासो छ। तसर्थ दरवारमार्गलगायत महानगरका सडकपेटी निर्माणमा काठमाडौंको मौलिकता झल्कने, सुरक्षित, बाताबरण मैत्री र दृष्टिविहीन मैत्री बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछु।’
सांसद ढकालले काठमान्डौ महानगर विश्वमै परिचित एक सुन्दर, सांस्कृतिक र आफ्नै मौलिकता युक्त सहर भएको भन्दै यो शहरको विकास र सुन्दरतामा पछिल्लो समय नगर प्रमुख बालेन्द्र शाह र उप-प्रमुख सुनिता डंगोलको नेतृत्वमा धेरै उल्लेखनीय काम भएको समेत उल्लेख गर्नुभयो।







प्रतिक्रिया