अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको जरा अभियान

एमाले दिप्रुङ चुईचुम्मा काठमाडौं सम्पर्क मञ्चले तीन महिने ‘जरा अभियान’ सुरु

एमाले दिप्रुङ चुईचुम्मा काठमाडौं सम्पर्क मञ्चले तीन महिने ‘जरा अभियान’ सुरु


काठमाडौं-नेकपा एमाले खोटाङ दिप्रुङ चुईचुम्मा काठमाडौं सम्पर्क मञ्चले  तीन महिने ‘जरा अभियान’ तथा अभिमुखिकरण कार्यक्रमको कार्ययोजना बनाई सुरु गरेको छ।

दिप्रुङ चुईचुम्मा काठमाडौं सम्पर्क मञ्चको नियमित बैठक, कमिटी पुन:गठन, तीन महिने जरा अभियान तथा अभिमुखिकरण कार्यक्रमको कार्ययोजना बनाइ शुरु गरेको हो।

जरा अभियानको उद्देश्य पार्टीको जनसंगठनको विस्तार र सदस्यता नवीकरण गर्दै स्थानीय तहमा पार्टीको उपस्थितिलाई सुदृढ बनाउने रहेको एमाले कोशी प्रदेश सम्पर्क कमिटी सदस्य नवराज रोकाले जानकारी दिनुभयो।

नेता रोकाले भन्नुभयो, ‘पालिका कमिटीलाई सकृय बनाउने, सदस्यता विस्तार तथा नवीकरण र वितरण गर्ने, पालिकाले आफ्नै  बैंक खाता खोली बैकिङ प्रणालीद्रारा खर्च गर्ने, २०८२ सालको क्यालेन्डर प्रकाशन र लोकार्पण गर्ने योजाना तयारी गरेको छ। जरा अभियान अभियानले पार्टीका गतिविधिहरूलाई गाउँ-गाउँमा पुर्‍याउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ र यसले जनसंगठनलाई थप सक्रिय बनाउन मद्दत गर्ने छ। पहिलो कुरा, त यो जरा अभियानले गुटबन्दी अन्त्य गर्नेछ।’

त्यसैगरी हरेक महिनाको पहिलो शनिवार नियमित बैठक बस्ने, प्रत्येक दुई महिनाको पहिलो शनिवार सल्लाहकार, पदाधिकारी र विभागको बैठक बस्ने योजना बनाएको नेता रोकाले बताउनुभयो।  

जरा अभियान अन्तरगत खोटाङ काठमाडौं सम्पर्क मञ्चको बृहत् बनभोज कार्यक्रम भब्य सब्य र सफल बनाउन टिकट कटाउने, उपस्थिति व्यापक बनाउन कमिटी सकृयता साथ लागि पर्ने, मञ्चको  बिपत ब्यबस्थापन कोषलाई सहयोग गर्ने प्रस्ताव पारित गरेको नेता रोकाले बताउनु भयो।

बैठकको अध्यक्षता पालिका सम्पर्क मञ्चकोको अध्यक्ष काजिमान तामाङ्ले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा कोशी प्रदेश सामाजिक विकास मन्त्री उषाकला राई हुनुहुन्थ्यो।

यसैगरी केन्द्रीय सदस्य खगेन्द्र राई, रमेश पौडेल,  पूर्व खोटाङ जिल्ला अध्यक्ष तथा कोशी प्रदेश कमिटी स्कूल विभाग सचिव रामप्रसाद ग्म्दगाल, निवर्तमान मञ्च उपाध्यक्ष तथा जिल्ला कमिटी सदस्य प्रतिमा विष्ट पौडेल,  युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य बिनोद राई, नवराज रोका, नेकपा एमाले खोटाङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष दिपक दाहाल बुद्दिजीवि हेम्बर बस्नेत, राजमान तामाङ, रामचन्द्र केसी, कोशी सम्पर्क कमिटी प्रदेश सदस्य नबराज रोका, मञ्च उपाध्यक्ष प्रसम्सा अधिकारी, उपसचिव भवानी शकर लुईटेल, राष्ट्रिय युवासंघ, अन्तर जिल्ला खोटाङको अध्यक्ष इन्द्र लिमेल लगायत पालिकाका अध्यक्ष लगाय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।  

कार्यक्रम नेकपा (एमाले) खोटाङ सम्पर्क मञ्चका सचिवालय सदस्य तथा खेल्कुद विभाग प्रमुख एवं नेकपा (एमाले) दिप्रुङ चुईचुम्मा गाउँपालिकाकाे काठमाडौं सम्पर्क मञ्चको इन्चार्ज राज कुमार कार्कीले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अथितिहरुले निर्देशात्मक भनाई राख्दै कार्यकर्तालाई मिसन २०८४ मा नेकपा (एमालेको) एकल बहुमत ल्याउने गरी संगठन विस्तार गर्न निर्देशन दिएको नेता रोकाले बताउनु भयो। जरा अभियान सब्य भब्य र ठोस प्रगति प्राप्त गर्ने गरी अगाडि बढाउन सल्लाह सुझाब दिएको उहाँले बताउनु भयो।

नेकपा (एमाले)दिप्रुङ चुइचुम्मा गाउँ पालिका-काठमाडौं सम्पर्क मञ्चको नियमित बैठक र पुनर्गठन, जरा अभियान तथा अभिमुखिकरण कार्यक्रम

अध्यक्ष – सुजन तामाङ
उपाध्यक्ष – कबिता राई
सचिव – गोपाल बि.क.
उप-सचिव – केशव खत्री
कोष-अध्यक्ष -टंकराज माझी
सदस्य – काजिमान तामाङ
सदस्य – बिमला श्रेष्ठ
सदस्य – प्रकश श्रेष्ठ
सदस्य – मन्जु भुजेल
सदस्य – नारायण बहादुर बिष्ट
सदस्य – विशाल राई