चितवन-नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जिम्मेवारीमा पुगेका मानिसले कसरी काम गरिरहेका छन् भन्ने कुरा जनताले हेरिरहेका बताउनु भएको छ।
प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार चितवनमा सम्बोधन गर्दै प्रेस चौतारी नेपालका इञ्चार्ज समेत रहनुभएको गौतमले जिम्मेवारीले कुरा गरेर होइन काम गरेर देखाउनु पर्नेमा उहाँले जोड दिनुभयो। ‘काम गर, अनि विश्वास जित, अरू उपाय छैन’, नेता गौतमले भन्नुभयो।
पत्रकारको लागि सरकारले संरक्षणको काम गर्नुपर्ने बताउनुभयो। ‘वडाध्यक्षदेखि माननीयसम्म जित्न पत्रकार चाहिने, जितेपछि पत्रकारसँग भेट नै नहुने प्रवृत्ति गलत छ, यसमा सुधार हुनुपर्छ’, नेता गौतमले भन्नुभयो।
सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक आएको उहाँले बताउनुभयो। सामाजिक सञ्जालमा जे लेखे पनि जवाफ दिनु नपर्ने स्थितिको अन्त्य गर्नु पर्नेमा गौतमले जोड दिनुभयो।
नेपाल पत्रकारितामा अहिले पुँजीविहीनता र कन्टेन्टको अभाव ठुलो चुनौतीका रूपमा देखिएका बताउनुभयो। मिडियाको विकासका लागि राज्यले योगदान गर्नुपर्ने बेला आएको गौतमले स्पष्ट पार्नुभयो।






प्रतिक्रिया