अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्र नाङ्गै हिँड्नको लागि ल्याइएको होइन: कैलाश ढुङ्गेल 

लोकतन्त्र नाङ्गै हिँड्नको लागि ल्याइएको होइन: कैलाश ढुङ्गेल 


चितवन-नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य कैलाशप्रसाद ढुङ्गेलले केपी ओली भित्र समृद्ध नेपाल, सुखी नेपालीको झल्को देखिन बताउनु भएको छ।

प्रेस चौतारी नेपाल वाग्मती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आइतबार चितवनमा सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले कुनै पनि संगठन र पार्टीलाई बलियो बनाउने काम विचारले गर्ने बताउनुभयो। नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओली स्पष्ट विचार र दृष्टिकोण भएको पार्टी र पार्टी अध्यक्ष भएको ढुङ्गेलले स्पष्ट पार्नुभयो।

अहिले प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिँदा समेत सामाजिक सञ्जालमा रिप लेख्ने जमात समाजमा रहेको भन्दै यसले नेपाली समाजलाई कता लैजाने हो भन्ने चिन्ता बढेको बताउनुभयो। ‘लोकतन्त्र भनेको नाङ्गै हुने होइन, मान्छेलाई लाजको कुरा छैन अहिले, समृद्धि नेपाल, सुखी नेपालीको सङ्कल्प गर्ने व्यक्तिलाई कमजोर बनायो भने आफू सफल होइन्छ भनेर केही शक्ति लागेका छन्’, उहाँले भन्नुभयो।

काम केही नगर्ने, नाङ्गै भएर हिँड्नेका पक्षमा सामाजिक सञ्जाल रङ्गिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो। यस्ता कुरामा नागरिकले विवेक पुर्‍याउनु पर्ने कुरामा उहाँले जोड दिनुभयो। ‘भरि भाँडो घोप्ट्याएर भाँडोमा हावा भरेर अघि बढ्न सकिँदैन’, ढुङ्गेलले भन्नुभयो ।

नेकपा एमाले विचार, दृष्टिकोण र जनमत सहितको पार्टी भएको उहाँले बताउनुभयो। अराजकहरूको जगमा बासेर बेइमान कुरा गर्नेहरूलाई एमालेले ठिक ठाउँमा ल्याउनु पर्ने उहाँले स्पष्ट पार्नुभयो। ‘नेकपा देशलाई अनुशासनको लिकमा हिँडाउनु पर्ने अहिलेको आवश्यकता हो’, उहाँले भन्नुभयो।

आग्रह र पूर्वाग्रहले मुलुक नचल्ने बताउँदै उहाँले राजनीति गर्नेहरूले इमानदार हुनु पर्ने उहाँको धारणा छ। ढुङ्गेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अराजक कुरा गरेर देश भड्काउने काम नगर्न आग्रह गर्नुभयो।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत प्रमुख अतिथि एवं नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख वक्ता रहनु भएको कार्यक्रममा प्रेस चौतारी नेपालका वरिष्ठ नेता विश्वमणि सुवेदीले प्रेस चौतारी नेपाल छाडेर विद्रोह गर्ने भनेर आफूहरू लागेकोमा दलदलमा फस्न पुगिएको भन्दै आत्मालोचना गर्नुभयो । उहाँले प्रेस चौतारी नेपाललाई एकताबद्ध बनाएर अघि बढाउनु पर्ने अबको आवश्यकता रहेको बताउनुभयो।

आफूहरू कुनै पनि सर्त र सम्झौता गरेर प्रेस चौतारी नेपालमा नफर्किएको उहाँले स्पष्ट पार्नुभयो । प्रेस चौतारी नेपाल छाडेका ८० प्रतिशत पत्रकारहरू संगठनमा नै फर्किसकेको उहाँले बताउनुभयो ।

प्रेस चौतारी नेपालका सचिव एवं वाग्मती प्रदेश इन्चार्ज विष्णु तारुकेले प्रेस चौतारी आबद्ध पत्रकारहरूको खोसिएको नेपाल पत्रकार महासंघको सदस्यता सम्मान फिर्ता हुनु पर्ने बताउनुभयो । उहाँले त्यो फिर्ता नहुँदासम्म प्रेस चौतारी नेपालको लडाई जारी रहने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव भक्तकुमार लामाले संगठनलाई बलियो बनाउन प्रेस चौतारी नेपाल स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नु पर्ने बताउनुभयो । भाेलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।