अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक बस्दै, बाँदर र बँदेल आतंकबारे पनि कार्यसूचीमा

प्रतिनिधि सभा बैठक बस्दै, बाँदर र बँदेल आतंकबारे पनि कार्यसूचीमा


काठमाडौं-प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, आज सांसद शेरबहादुर कुँवरले ध्यानकर्षण प्रस्ताव र सांसद राजेन्द्र बजगाईंले जरूरी सार्वजनिक महत्वका प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

सांसद राजेन्द्र बजगाईंले ‘बाँदर र बँदेलको आतंकबाट किसानहरूलाई जोगाउन तथा दीर्घकालीन समाधान खोज्न आवश्यक नीति तथा कार्यान्वयन’को माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

उक्त प्रस्तावलाई सांसद उदय शमशेर जबरा र सांसद संजय कुमार गौतमले समर्थन गरेका छन्। सांसद बजगाईंले कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन, तथा वातावरणीय सन्तुलन कायम राख्न नीतिगत पहल आवश्यक रहेको उल्लेख गर्दै प्रस्ताव दर्ता गरेका हुन् ।

नेपालका ग्रामीण क्षेत्रमा किसानहरूले बाँदर र बदेलको आतंकका कारण ठूलो क्षति भोग्दै आएका छन्। किसानहरूको सुरक्षाका लागि दीर्घकालीन समाधान आवश्यक भएको भन्दै सांसद बजगाईंले सरकारले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन् ।