अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

केपी ओली कपमा आज दुई खेल

केपी ओली कपमा आज दुई खेल


काठमाडौं-केपी ओली कप फुटबल च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत आज पनि दुई खेल हुँदैछ।

आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ। यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा हुनेछ।

त्यस्तै, दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुनेछ। यो खेल अपराहन्न ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने तालिका रहेको छ । यसअघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाइब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।