अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खाँदबारी-किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

खाँदबारी-किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध


खाँदबारी-कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ।

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो। पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन्। पहिरोले करिब ३० मिटर सडक पुरिएको छ।