काठमाडौँ-नेकपा एमालेका सांसद रघुजी पन्तले सशस्त्र प्रहरी बल नेपालको नामका बारेमा सोच्न सकिने बताउनुभएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा पेस भएको सशस्त्र प्रहरी बल नेपाल २०८१ विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले सीमा सुरक्षा बल वा विपत् नियन्त्रण बल भनेर नाम राख्न सकिने मत राख्नुभएको हो।
सांसद पन्तले सशस्त्रलाई तीन वटा काममा लगाउन सकिने बताउनु भयो। उहाँले पहिलो सीमा सुरक्षा, विपत् व्यवस्थापन र तेस्रोमा दङ्गा नियन्त्रणमा खटाउनुपर्ने बताउनुभयो। सांसद पन्तले सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रमा भएको दोहोरोपन सच्चाउनुपर्ने र फोर्स निर्माण गरिसकेपछि सेवा सुविधा पनि दिनुपर्ने बताउनुभयो।
कार्यक्षेत्र टुङ्ग्याएर त्यही आधारमा कानुन बनाउन र सुविधा दिन सकिने पन्तको भनाइ छ। सांसद पन्तले सेनाको कमान्डमा राख्ने व्यवस्था कानुनमा लेख्न नहुने पनि पन्तको सुझाव छ ।







प्रतिक्रिया