अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्र प्रहरीको नाम सशस्त्र सुरक्षा बल नेपाल राख्न योगेश भट्टराईको सुझाव

सशस्त्र प्रहरीको नाम सशस्त्र सुरक्षा बल नेपाल राख्न योगेश भट्टराईको सुझाव


काठमाडौं-नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले सशस्त्र प्रहरी बल नेपालको नामाकरणमा सच्याउने प्रस्ताव गर्नुभएको छ।

सोमबार प्रतिनिधिसभामा सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ माथिको छलफलमा सांसद भट्टराईले सो प्रस्ताव राख्नुभएको हो।

सांसद भट्टराईले ‘सशस्त्र प्रहरी बल नेपाल’को सट्टा ‘सशस्त्र सुरक्षा बल नेपाल’ प्रस्ताव राख्नुभएको हो। यसकारण पनि सशस्त्र प्रहरी बल नभनेर शसस्त्र सुरक्षा बल भन्दा उपयुक्त हुने उहाँको आग्रह छ। उहाँले भन्नुभयो, ‘हामी अर्ध सैनिक बल भनिराखेका छौं । यो ‘प्रहरी’ शब्द हटाऊँ !’ यद्यपि, यसलाई संविधानबाट नै हेर्नुपर्ने हुन सक्ने उहाँले बताउनुभयो।

‘यदि हामीले जब अर्ध सैनिक भन्छौं भने यसलाई सशस्त्र सुरक्षा बल नेपाल मात्रै पनि भन्न सकिन्छ’ सांसद भट्टराईको प्रस्ताव छ।

प्रहरी राख्दा दुई वटा प्रहरी संगठन जस्तो देखिएको सांसद भट्टराईले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीसँग अर्को प्रहरी संगठन छँदैछ जसले सामुदायिक प्रहरीको रुपमा अथवा अपराधको अनुसन्धानको रूपमा काम गरेको छ। त्यसको एउटा आफ्नो एउटा लामो ७० वर्षदेखिको इतिहास छँदैछ।’