अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा केबलकार विवाद: आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको आग्रह

पाथीभरा केबलकार विवाद: आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको आग्रह


काठमाडौं-ताप्लेजुङको पाथीभरामा निर्माणाधीन ‘नो केबलकार’ अभियान चलाइरहेका आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारले आग्रह गरेको छ।

रकारको तर्फबाट गठित वार्ता समितिका संयोजक गृह मन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गर्नुभएको हो।

‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउनुहुन हार्दिक अपिल गर्दछु’, विज्ञप्तिमा भनिएको छ।

ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा विवाद उत्पन्न भई तनाव सिर्जना भएपछि गृह मन्त्रालयले गत माघ २० गते वार्ता टोली गठन गरेको थियो। पाथीभरा क्षेत्रमा केबलकार बनाउन हुँदैन भनेर आन्दोलन बढ्दै गएपछि सरकारले गत माघ २० गते वार्ता टोली गठन गरेको थियो।