काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले ‘बृहत् वनभोज कार्यक्रम-२०८१’ गर्ने भएको छ। सम्पर्क मञ्चले २०८१ फागुन २४ गते शनिवार, सहित पार्क, गोकर्णेश्वर नगरपालिका काठमाडौंमा बृहत् वनभोज, भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको हो।
उदयपुर जिल्लाबाट काठमाडौँ आई विभिन्न पेसा, व्यवसाय गरी काठमाडौँमा स्थायी वा अस्थायी रूपमा बसेका पार्टी सम्बद्ध एवं अन्य पार्टी सबैलाई समेट्ने अभिप्रायले २०८१ फागुन २४ गते शनिवार बृहत् वनभोज कार्यक्रमको आयोजना गर्न लागिएको नेकपा एमाले उदयपुर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रीता कुमारी थापाले जानकारी दिनुभयो।
काठमाडौंको सहित पार्क, गोकर्णेश्वर नगरपालिकामा आयोजना हुने बृहत् वनभोज कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटिका नेता, केन्द्रीय आयोग, विभिन्न जनवर्गीय भातृ सङ्गठनका नेता, कोशी प्रदेश सम्पर्क कमिटि, कोशी प्रदेशअन्तर्गतका सम्पर्क मञ्चहरू, कोशी प्रदेशबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने नेता तथा उदयपुर–काठमाडौँ सम्पर्क मञ्चका सम्पूर्ण पदाधिकारी, कोशी प्रदेश कमिटीका नेता, जिल्ला र पालिका तहको नेता तथा कार्यकर्ताहरु, पार्टीलाई माया र शुभेच्छा प्रकट गर्ने आम उदयपुरबासीहरूको उपस्थिति रहने साथै उदयपुरकै स्थानीय एवं राष्ट्रिय स्तरको कलाकारहरुमार्फत रचनात्मक एवं मनोरञ्जनात्मक बेजोड सांस्कृतिक प्रस्तुती रहने मञ्चका अध्यक्ष थापाले बताउनुभयो। अध्यक्ष थापाले बृहत् वनभोज कार्यक्रममा सम्पूर्ण महानुभावहरुलाई निमन्त्रणा समेत गर्नुभएको छ।

विगत वर्षहरुमा गर्दै आएको निरन्तरताको रुपमा अयोजित वनभोज कार्यक्रमले एकता सहयोग रचनात्मक कार्य गर्दै सामाजिक सद्भाव कायम गरौं, भातृत्व निर्माण, भावना साटासाट, सांगठनिक, सहअस्तित्व र भाइचाराको सम्बन्ध स्थापित गर्ने एवं संगठन सुदृढिकरण हुने विश्वास राखिएको अध्यक्ष थापाले बताउनुभयो।
उदयपुर जिल्लाबाट काठमाडौं उपत्यका आएर विभिन्न पेसा वा व्यवसाय, रोजगारीका सिलसिलामा उपत्यका रहेकाहरूबीच मनका भावनाहरू साटासाट गर्ने र एउटै जिल्ला, नगरपालिका गाउँपालिका र वडा एवं गाउँका नागरिकहरू एक आपसमा भेट नहुने व्यस्ततालाई भेटघाट गर्ने, मनोरञ्जन लिने फोरमको रूपमा “एउटै जिल्ला एउटै थलो हामी सबै मिलेर गरौं रमाइलो” भन्ने नाराका साथ वनभोज कार्यक्रम आयोजना गरिएको नेकपा एमाले उदयपुर काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष एवं सूचना तथा सञ्चार विभागका संयोजक खड्गबहादुर मगरले बताउनुभयो।

यसैगरी नेकपा एमाले पार्टी सङ्गठनको सुदृढीकरण, विस्तार तथा पार्टी गतिविधिलाई थप क्रियाशील गर्ने; उदयपुरबासीहरुबीच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरिएको नेकपा एमाले उदयपुर काठमाडौं सम्पर्क मञ्चका सचिव होम डाँगीले बताउनुभयो।
बृहत् वनभोज कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुति रहने र वनभोजमा सहभागी हुनका निम्नि न्युन रकम तोकिएको एमाले उदयपुर काठमाडौं सम्पर्क मञ्चका कोषाध्यक्ष तथा आर्थिक विभाग प्रमुख गोपाल निरौलाले जानकारी दिनुभयो।






प्रतिक्रिया