अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना

शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना


 काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्पताल भर्ना हुनुभएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि शिक्षा मन्त्री भट्टराई त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको हो। उहाँलाई ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने समस्या देखिएको छ। चिकित्सकको सुझाव अनुसार उहाँ अस्पताल भर्ना हुनुभएको हो।

शिक्षा मन्त्री भट्टराईको नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्नतामा उपचार भइरहेको छ।

स्वास्थयमा सुधार हुँदै गएको भए पनि क्षयरोगको शंकामा थप परीक्षण भइरहेको बताइएको छ।