काठमाडौं-नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गर्नुभएको हो। सांसद खतिवडाले काठमाडौंबाट ओखलढुंगा जाने क्रममा मंगलबार बिहान भएको बस दुर्घनामा परी १७ जना भाइते भएको बताउनुभयो।
सांसद खतिवडाले घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भइरहेको बताउनु भयो। उहाँले सडक दुर्घटनामा परी घाइते भएका सबै बरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गर्नुभयो।
सांसद खतिवडाले भन्नुभयो, ‘बेला बेला सडक दुर्घटनाबाट मान्छेहरु घाइते भएर आउने सबै बेहाल भएर हस्पिटल पुग्ने तथा हस्पिटलमा करोडौं बिल उठ्ने र बस धनीले उपचारको खर्च नतिर्ने व्यवस्थालाई अन्त्य गर्नको लागि सवारी दुर्घटनामा घाइते सबैको सरकारको तर्फबाट निःशुल्क उपचार गर्न माग गर्दछु। सम्पूर्ण दुर्घटनामा परेका बिरामीहरुलाई सरकारले निःशुल्क उपचार गरोस् भनेर माग पनि गर्न चाहन्छु।’







प्रतिक्रिया