अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवलपरासी पश्चिममा झडप: २० जना घाइते, प्रहरीको गाडी जलाइयो {अपडेट}

नवलपरासी पश्चिममा झडप: २० जना घाइते, प्रहरीको गाडी जलाइयो {अपडेट}


काठमाडौँ-पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुई समुदायबीच भएको झडपमा २० जना घाइते भएका छन्। झडपका क्रममा स्थानीयले प्रहरीको गाडी जलाइदिएका छन्।

प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा पनि आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय महेसपुरकाे गाडीमा आगजनी भएको छ।

नियन्त्रण लिने क्रममा ५ जना स्थानीय , १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय जनाएको छ। स्थिति नियन्त्रणमा आइसकेको छ।

तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए ।सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको थियो। त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो।

तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ।