अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजाले सहीदको अपमान र प्रजातन्त्रप्रति विषवमन गरिरहेका छन्: एमाले सांसद गैरे

पूर्वराजाले सहीदको अपमान र प्रजातन्त्रप्रति विषवमन गरिरहेका छन्: एमाले सांसद गैरे


काठमाडौं-नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले सहीदहरुको अपमान र प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरेको टिप्पणी गर्नुभएको छ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले प्रजातन्त्र दिवसका दिन पूर्वराजा शाहले सार्वजनिक गरेको भिडिओ सन्देशले सहीदहरूको अपमान गरेको आरोप लगाउनु भएको हो।

सांसद गैरे भन्नुभयो, ‘फागुन ७ गते पूर्वराजाले नेपालका सहीदहरू, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने सहीदहरूप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गर्नुभएको छ। संविधान र यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस्।’

शाहले संविधान उल्लंघन र निरंकुशता लाद्ने काम गरेकै कारण राजतन्त्र समाप्त भएको पनि एमाले सांसद गैरेले बताउनु भयो।