अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिनाथमा, आरतीमा सहभागी हुने

महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिनाथमा, आरतीमा सहभागी हुने


काठमाडौं-महाशिवरात्रिको पूर्वसन्ध्यामा निरीक्षण तथा आरतीमा सहभागीका लागि प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ जानु भएको छ।

महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली निरीक्षण तथा सहभागी हुन पशुपतिनाथ जानु भएको हो।

प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीका अनुसार प्रधानमन्त्री ओली पशुपतिको आरतीमा पनि सहभागी हुने कार्यक्रम छ।

यस्तै शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको खबीले जानकारी दिनुभयो।