काठमाडौं- नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा बुधबार मुलुकभर सेना दिवस मनाएको छ। शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रुपमा सेना दिवस मनाएको हो ।
दिवसको अवसरमा काठमाडौंस्थित सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहका बीच सेनाले युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजीलगायतको आकर्षक सैनिक कौशल प्रदर्शन गरेको थियो ।
नेपाली सेनाका परमाधिपतिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो।
समारोहमा कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थित रहेको थियो।








प्रतिक्रिया