अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवसरवादलाई परास्त गर्न विचार बलियो चाहिन्छ: शंकर पोखरेल

अवसरवादलाई परास्त गर्न विचार बलियो चाहिन्छ: शंकर पोखरेल


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढ्दै गएको बताउनुभएको छ।

नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो।

अवसरवादलाई परास्त गर्न विचारलाई बलियो बनाउनु पर्ने महासचिव पोखरेलले बताउनुभयो। ‘अवसरवादलाई परास्त गर्न वैचारिक र राजनीतिक आन्दोलनलाई अघि बढाउनु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो। 

नै पनि संगठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने उहाँले बताउनुभयो। कुनै पनि उद्देश्यको लागि सांगठनिक शक्ति आवश्यक पर्ने पोखरेलले बताउनुभयो। ‘विचारले मात्र हुँदैन, विचारलाई संगठनमा बदल्नु पर्छ, संगठनलाई उद्देश्यमा बदल्नु पर्छ’ उहाँले भन्नुभयो । 

नेपालमा काम जति नपढेका मानिसलाई लगाउने र पढेका मानिसहरू ठालु पल्टने संस्कार नै विकास भएको पोखरेलले बताउनुभयो। 

कुनै पनि देश छिटो विकास हुनको लागि स्वास्थ्य र शिक्षामा विकास गर्नुपर्ने उहाँको धारणा छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्र निक्कै कमजोर रहेको उहाँले बताउनुभयो ।  

प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनु पर्ने पोखरेलले बताउनुभयो। नेपालको भूगोल सुहाउँदो प्रविधि र यन्त्र उपकरण उत्पादन र प्रयोगले देशले तीव्र विकास हासिल गर्ने पोखरेलको भनाइ छ । सरकार फेरबदल भइरहने कुराले जुन रूपमा नेपाल अघि बढ्नु पर्ने हो त्यो हिसाबले अघि बढ्न नसकेको पोखरेलले बताउनुभयो । 

पुँजी निर्माणबिना राष्ट्रिय पुँजी नबन्ने बताउँदै उहाँले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताउनुभयो । नेपालीको बचत संस्कृति अति कमजोर भएको उहाँको धारणा छ । त्यस्तै राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर भएको उहाँले बताउनुभयो ।

विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको पोखरेलले बताउनुभयो । विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको पोखरेलको धारणा छ । देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएको कारण समस्यामा पर्न लागेपछि देशका ठुला दुई राजनीतिक दल मिलेर सरकार बनाएको उहाँले बताउनुभयो । 

नेपालमा साना पार्टीले ठुला पार्टीलाई घुर्क्याएर शासन गर्ने गलत संस्कार सुरु भएको उहाँले बताउनुभयो । म अरूको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्ने कुरालाई समेत बिर्सिएर ठुला दलमाथि माओवादीले शासन गर्न सुरु गरेपछि दुई दल मिलेको उहाँले स्पष्ट पर्नुभयो । हामी मिल्नु भनेको शासन गर्नको लागि मात्र होइन, अहिले सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउने, सुशासन कायम गर्ने र जनतामा बढ्दै गएको निराशालाई चिर्नका लागि हामी मिलेका हौँ’, उहाँले भन्नुभयो ।

सरकारले ल्याएको अहिलेको अध्यादेश औचित्यको आधारमा ल्याएको अध्यादेश भएको उहाँले स्पष्ट पार्नुभयो । सरकार अध्यादेश ल्याउन मात्र होइन, नयाँ कानुन बनाउन पनि केन्द्रित रहेको पोखरेलले बताउनुभयो ।