सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा (एमाले) देशको विकास गर्ने पार्टी भएको बताउनु भएको छ।
आज लेकबेसी नगर कमिटीले आयोजना गरेको दुई दिने नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले अवसर पाउँदा र सरकार सञ्चालन गर्दा देशको विकासले लिने गरेको मुख्यमन्त्री कँडेलले यस्तो बताउनु भएको हो।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको नेतृत्व गरेपछि मात्र विकासले गति लिने गरेको मुख्यमन्त्री कँडेलले भनाई थियो। नेकपा एमाले जनताले विश्वास गरेको पार्टी हो त्यसकारण चुनाव जित्न अहिलेकै सख्यले पुगे पनि देश बनाउन अरु आवश्यक हुने भएकाले जनतालाई बुझाउन पार्टीले जरा अभियान चलाएको मुख्यमन्त्री कँडेलले बताउनुभयो।
एमालेले विभिन्न अभियानका साथ जनतामा जाने र जनताको मन जित्ने काम गरेको मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभयो। एमालेमा विगतमा सदस्य धेरै हुने र चुनावमा बाकसमा कम मत आएको हुनाले आफ्नो सदस्यता आफै नवीकरण गर्ने नीति लिएको हुनाले जनतालाई ढलमलाएर होइन बुझाएर पार्टी सदस्य बनाउनु पर्ने मा मुख्यमन्त्री कँडेलको जोड थियो।
प्रतिक्रिया