अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेकपा एस रुपन्देहीका युवा नेता राजु गुरुङ एमालेमा नै फर्किए

नेकपा एस रुपन्देहीका युवा नेता राजु गुरुङ एमालेमा नै फर्किए


काठमाडौं-नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका युवा नेता राजु गुरुङ पुनः नेकपा (एमाले)मा फर्किनुभएको छ। नेता गुरुङले एमालेको सदस्यता नवीकरण गर्नुभएको छ।

नेकपा विभाजनको समयमा माधव नेपाल समूहमा लागेर एकीकृत समाजवादीको केन्द्रीय सदस्यसमेत बनेका गुरुङले पछिल्लो एक वर्षयता समाजवादी पार्टीप्रति असन्तुष्टि जनाउँदै अलग भएको घोषणा गरेका थिए ।

‘मैले नेकपा (एमाले)मा असन्तुष्टि जनाउँदै विचलित भएर माधव नेपालको पक्षमा लागेको थिएँ । बालुवाटारमा एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग भेटेर सदस्यता नवीकरण गर्छु भनेको छु । उहाँले स्वागत गर्छु भन्नुभयो,’ गुरुङले भन्नुभयो।

गुरुङका अनुसार उहाँले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँगको सल्लाहमा अध्यक्ष ओलीसँग भेट गरी आफ्ना कुरा राख्नुभएको थियो।

‘अब नेपालको कम्युनिष्ट आन्दोलन विभाजित होइन, संगठित गर्नुपर्छ। म तपाईंको निर्देशनमा काम गर्छु, जिम्मेवारी दिनुस् भनेको छु । उहाँले ‘तपाईं जत्तिको राजनीतिक मान्छे विचलित हुने होइन, सदस्यता नवीकरण गर्नुस्’ भन्नुभयो,’ गुरुङले भन्नभयो।

विद्यार्थी जीवनदेखि अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका गुरुङ बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापति, युवा संघ नेपालको रुपन्देही अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष समेत भएका थिए ।