अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लिम्चुङबुङको थप दुई वडामा जरा केन्द्रित अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न

लिम्चुङबुङको थप दुई वडामा जरा केन्द्रित अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न


लिम्चुङबुङ-नेकपा एमाले उदयपुर लिम्चुङबुङ गाउँपालिकाका थप दुई वडामा जरा केन्द्रित अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पार्टीको वडा स्तरमा जरा केन्द्रित अभियान संचालनका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको छ।

लिम्चुङबुङ गाउँपालिका-५, जातेमा वडा कमिटीका अध्यक्ष मेघ बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला कमिटी सचिवालय सदस्य तथा अभियान संयोजक होम किराती हुनुहुन्थ्यो। यसैगरी विशेष अतिथि नेका एमाले उदयपुर जिल्ला कमिटी सदस्य राजकुमार राई हुनुहुन्थ्यो।

त्यस्तै, २०८१ फागुन १४ गते लिम्चुङबुङ-२, ताम्लिछामा आयोजित कार्यक्रममा वडा कमिटीका अध्यक्ष राम बहादुर माझीको अध्यक्षता, प्रमुख अतिथि जिल्ला कमिटी सचिवालय सदस्य तथा अभियान संयोजक भलराज राई तथा विशेष अतिथि जिल्ला कमिटी सदस्य राजकुमार राई रहनुभएको थियो। कार्यक्रममा वडा स्तरमा जरा केन्द्रित अभियान संचालनका विषयमा विभिन्न निर्णयहरू लिइएको छ।

कार्यक्रममा प्रमुख अतिथिहरूले पार्टीले किन जरा केन्द्रित अभियान संचालन गर्दैछ भन्ने विषयमा स्पष्ट पार्दै, वडा तथा टोल स्तरमा संचालन गरिने कार्यक्रमबारे जानकारी गराउनु भयो । विशेष अतिथि राजकुमार राईले पार्टीको जनसंगठन विस्तार, नेतृत्व विकास, सरकारका कार्यक्रमहरूको प्रचार-प्रसार, जनमत अभिवृद्धि तथा जनसंपर्क सुदृढ गर्ने विषयमा प्रशिक्षण दिनुभएको थियो।

लोकतान्त्रिक मगर संघ कोशी प्रदेश कमिटीका अध्यक्ष बोध बहादुर थापा मगर तथा पालिका कमिटी सचिव चित्रकुमार राई (मनराज) ले शुभकामना मन्तव्य दिँदै, पार्टीले पालिका स्तरमा खेल्नुपर्ने भूमिका तथा प्रतिपक्षका रूपमा पार्टीको उपस्थितिबारे धारणा राख्नुभएको थियो।

बैठक तथा अभिमुखिकरण कार्यक्रममा पालिका कमिटी सदस्य, वडा कमिटी सदस्य तथा अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा स्तरमा जनसंगठनहरूको कमिटी निर्माण, टोल कमिटी बैठक तथा भेटघाट, सदस्यता विस्तार तथा नविकरण, रचनात्मक कार्यक्रम संचालन गर्ने जस्ता विषयमा निर्णय गरिएको छ।