काठमाडौं-काठमाडौंको तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुरको लेले घर भएकी २२ वर्षीया रिता नेवार छिन् । उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामंगलमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
तीनकुनेस्थित सडकमा प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकलमा नेवार सवार थिइन् । उक्त मोटरसाइकललाई बा–०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरले ठक्कर दिएपछि उक्त मोटरसाइकल बा५ख १५४६ नम्बरको बसमा ठोक्किएको थियो ।
प्रहरीले बस र टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।






प्रतिक्रिया