अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, के छ एजेण्डा ?

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, के छ एजेण्डा ?


काठमाडौं-उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ। बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको हो।

बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ जनाएको छ। साथै सरकारले ल्याएको अध्यादेश बारे पनि छलफल हुने जनाएको छ। सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णु रिमाल हुनुहुन्छ।

त्यस्तै कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा हुनुहुन्छ।