अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नुवाकोटमा भौतिकमन्त्री दाहालद्वारा दुई वटा मोटरेबल पुलको उद्घाटन {फोटोफिचर}

नुवाकोटमा भौतिकमन्त्री दाहालद्वारा दुई वटा मोटरेबल पुलको उद्घाटन {फोटोफिचर}


नुवाकोट-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शुक्रवार नुवाकोटमा एकै दिन दुई वटा मोटरेबल पुलको उद्घाटन गर्नुभएको छ।

मन्त्रालय मार्फत सिमचौर तथा विदुर नगरपालिकाको त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण गरिएको पुलको मन्त्री दहालले उद्घाटन गर्नुभएको हो।

मन्त्री दाहालले आगामी बजेटमा आवश्यकता र औचित्यपूर्ण आयोजनाहरुलाई प्राथमिकता दिने बताउनु भयो।  योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा माग गर्न मन्त्री दाहालले आग्रह गर्नुभयो।

मन्त्री दहालले तिनै तहका सरकार र नागरिकको सहकार्यलेनै समृद्धिको यात्रा अघी बढ़ाउन सकिने बताउनु भयो।

कार्यक्रममा मंत्रालयका सचिव केशवकुमार शर्मा, सड़क विभागका महानिर्देशक रामहरि पोखरेल, पुल महाशाखा प्रमुख ललीजन खनाल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नुवाकोटका नेताहरुले जिल्लमा अधूरा रहेका योजनाहरुलाई गति दिन माग गरेका थिए।

मंत्रालय मार्फत सिमचौर तथा त्रिशूली बजार स्थित त्रिशूली नदीमा निर्माण गरिएको पलकों मंत्री दहालले उद्घाटन गर्नुभएको हो। निर्धारित समय अघिनै काम पूरा गरेको जानउदै निर्माण कंपनी लाई सम्मान पनि गरिएको थियो।