रूपन्देही-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतको उडिसा राज्यस्थित केआईआईटी कलेजमा मृत भेटिएकी प्रकृति लम्सालको घरमै पुगेर श्रद्वाञ्जली अर्पण गर्नुभएको छ।
आज रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८, कोलोनीमा रहेको घरमै पुगेर वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रकृतिप्रति श्रद्वाञ्जलि एवं परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो।
प्रकृतिको तस्वीरमा माल्यार्पण गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले परिवारको साथमा आफूहरू रहेको बताउनुभयो । नआत्तिन र बिचलित नहुन उहाँले परिवारलाई सान्त्वना दिनुहुँदै दोषीमाथि कारबाहीका लागि कुटनीतिक पहल सरकारले गरिरहेको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य भरत कुमार पोखरेल, एमाले रूपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, सिद्धार्थनगर नगरपालिकी उपप्रमुख उमा अधिकारी, एमालेका जिल्ला सदस्यहरु बहादुर रायमाझी, थानेश्वर पौडेल, लक्ष्मी केसी, नगर सचिब उमेश थापा लाटो मगर, लगायत नेताहरू लम्साल निवासमा पुग्नुभएको थियो।






प्रतिक्रिया