काठमाडौं-राप्रपा नेपालले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। राप्रपा पार्टीका अध्यक्ष कमल थापाले २०८१ फागुन १९ गते सोमबारका लागि राप्रपा नेपालले पार्टी केन्द्रीय कार्यालय सिफल, काठमाडौंमा बैठक बोलाउनु भएको हो।
बैठकमा देशको पछिल्लो समय विकसित घटनाक्रम, आन्दोलन, पार्टीका विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो।






प्रतिक्रिया