अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका युवा उद्यमी श्रेष्ठ एमालेमा प्रवेश

नेकपा एसका युवा उद्यमी श्रेष्ठ एमालेमा प्रवेश


काठमाडौं-नेकपा (एकीकृत समाजवादी)को जनसङ्गठन उद्योग बाणिज्य महासङ्घकी केन्द्रीय सदस्य एवम् युवा उद्यमी मेनका श्रेष्ठ नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ।

मकवानपुर निवासी श्रेष्ठलाई आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्यद्वय डा. राजन भट्टराई र भानुभक्त ढकालले खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो।

युवा व्यवसायी श्रेष्ठले हेटौडामा सिलाई प्रशिक्षण केन्द्र सञ्चालन गर्नुका साथै विभिन्न संघ-संस्थामा रहेर सामाजिक काम गर्दै आउनुभएको छ।

उहाँ नेपाल उद्योग वाणिज्य महासंघ, बाग्मती प्रदेश महिला विकास समितिको सहसंयोजक, हेटौंडा गार्मेण्ट उद्योग समूहको अध्यक्ष, मकवानपुर जिल्ला लघु उद्योग संघको सचिव, नेवा गुठी खल मकवानपुरको उपाध्यक्ष लगायत विभिन्न सामाजिक संस्थामा सक्रिय हुनुहुन्छ।

श्रेष्ठले गत वर्ष उत्कृष्ट लघु उद्योग राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको थियो।