काठमाडौँ-उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।
बैठकमा अध्यादेश, संविधान संशोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ।
सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णु रिमाल हुनुहुन्छ।
त्यस्तै कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा हुनुहुन्छ।






प्रतिक्रिया