अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले ६ वटै अध्यादेश संसदमा पेश गर्ने,पास गराउन जसपा र लोसपासँग छलफल गर्ने

सरकारले ६ वटै अध्यादेश संसदमा पेश गर्ने,पास गराउन जसपा र लोसपासँग छलफल गर्ने


काठमाडौं – सत्ता साझेदार नेकपा एमालेको र नेपाली कांग्रेस र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूमिसम्बन्धी अध्यादेशबारे पुनः जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी सँग छलफल गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन २१ वा २२ गतेको संसद् बैठकमा भूमिसहित ६ वटै अध्यादेश स्वीकृतिका लागि पेस गर्ने गरी सत्ता साझेदार दलहरूसँग छलफल गर्ने निर्णय गरेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

सरकारले जारी गरेका अध्यादेशबारे सत्ता साझेदार दलहरूको बैठक पुनः एकपटक बस्ने निर्णय भएको छ । त्यसको निष्कर्षको आधारमा हामीले फागुन २१ वा २२ गतेको बैठकमा स्वीकृतिका लागि पेस गर्ने तयारी गरेका छौँ,बर्तौलाले भन्नुभयो ।

बैठकले संविधान कार्यान्वयनसँग जोडिएका विधेयकहरू अघि बढाउने पनि निर्णय गरेको छ ।

संसदमा विचाराधीन विधेयकहरूको अवस्थाबारे पनि बैठकमा छलफल भएको थियो । ती विधेयकलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन मुख्य सचेतकहरूलाई समन्वयको जिम्मा दिइएको पनि उहाँले जानकारी दिनुभयो ।