अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या

रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या


बुटवल-रुपन्देहीमा अज्ञात समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ। रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोध (राजु)माथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको  छ।

रातिको बेला उनको शरीरमा गोली प्रहार भएको देखिन्छ, बिहान अवेरसम्म नउठेका उनलाई स्थानीयले घरको बरन्डामा मृत अवस्थामा फेला पारेका थिए । 

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले आँखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको पुष्टि गर्नुभयो। बिहान करिब ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुग्दा रक्ताम्य मृत अवस्थामा भेटिएको उहाँले बताउनु भयो ।

शव पोष्टमार्टमाका लागि भैरहवास्थित भीम अस्पताल पठाउन लागिएको छ। एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे, घरायसी कारणले उनको हत्या भएको हुनसक्ने प्रहरी जनाएको  छ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको  छ।