काठमाडौं – एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज तथा नेपाली राजदूतावासको संयुक्त आयोजनामा नयाँ दिल्लीमा ‘नेपाल महोत्सव(२०२५’ आयोजना गरिने भएको छ । बाराखम्बा रोडको दूतावास परिसरमा आगामी अप्रिल ११ देखि १३ तदनुसार चैत २९ र ३१ गते महोत्सव तय गरिएको हो ।
महोत्सवको मूल उद्देश्य नेपालको व्यापार, पर्यटन, उद्योग, संस्कृति, र व्यापारिक सम्भावना उजागर गर्नु रहेको आयोजकले बताएका छन् । उद्यमी, नीति निर्माता, लगानीकर्ता, संस्कृति प्रेमी र सर्वसाधारणलाई एउटै मञ्चमा ल्याउन महोत्सव कोसेढुंगा बन्ने विश्वास लिइएको छ । साथै भारत(नेपाल आर्थिक सहकार्य, पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानलाई सशक्त बनाउनु मूल उद्देश्य छ ।
आयोजक संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बरालले महोत्सव ऐतिहासिक हुने र सबै सहभागीहरूलाई उत्तम अवसर प्रदान गर्ने बताउनुभयो ।महासचिव डा मोहन कार्कीले भन्नुभयो ‘नेपाल महोत्सव २०२५ भारत नेपाल मित्रताको उत्सव हो, जसले व्यापार, उद्योग, र सांस्कृतिक एकतालाई प्रवर्द्धन गर्नेछ । यस महोत्सवले दुवै राष्ट्रका व्यवसाय तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाउनेछ ।’
सरकारी अधिकारी, व्यापारिक नेता, पर्यटन व्यवसायी, कलाकार, र हस्तकला व्यवसायीलाई एकसाथ उभ्याउने यो महोत्सवले नेपाल(भारत सम्बन्धलाई अझ सुमधुर बनाइ नयाँ आर्थिक साझेदारी स्थापना गर्ने अध्यक्ष बरालले बताउनुभयो ।
नेपालका संस्कृति, हस्तकला, र व्यापार सम्भावनाहरू भारतमै प्रत्यक्ष अनुभव गर्न, व्यापारिक जगतका प्रमुख व्यक्तित्वहरूसँग प्रत्यक्ष छलफल र साझेदारी गर्ने मौका, नीति निर्माताहरू, लगानीकर्ताहरू तथा उद्यमीसँग प्रत्यक्ष सम्पर्क र नेपालका कला, नृत्य, संगीत, र सांस्कृतिक कार्यक्रम प्रत्यक्ष अवलोकनका लागि महोत्सवले टेवा पुग्ने विश्वास आयोजकले गरेका छन् ।
महोत्सवमा मूल विशेषताहरू यस्ता राखिएका छन्
इन्डो नेपाल व्यापार तथा लगानी शिखर सम्मेलन – व्यापार तथा उद्योग क्षेत्रका उच्चस्तरीय छलफलहरू।
नेटवर्किङ्ग बैठकहरू – सीमा पार व्यापार र लगानी अवसरहरू विस्तार गर्ने प्लेटफर्म ।
पर्यटन तथा यात्रा प्रवर्द्धन पवेलियन – नेपालका साहसिक, धार्मिक, र सांस्कृतिक पर्यटन गन्तव्यहरूको प्रदर्शनी ।
सांस्कृतिक भव्य समारोह( परम्परागत नृत्य, लोक संगीत, र ऐतिहासिक सांस्कृतिक प्रस्तुतिहरू।
नेपाली परिकारहरू( मस्म, सेल रोटी, ढिँडो लगायतका नेपाली परिकारहरूको विशेष अनुभव ।
आध्यात्मिक तथा स्वास्थ्य सत्रहरू( योग, ध्यान, र प्राकृतिक उपचार कार्यशालाहरू ।
प्रतिक्रिया