अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाललाई कुनै मुलुक विरुद्ध प्रयोग हुन दिन हुँदैन: प्रदीप ज्ञवाली

नेपाललाई कुनै मुलुक विरुद्ध प्रयोग हुन दिन हुँदैन: प्रदीप ज्ञवाली


मोरङ-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाललाई कुनै मुलुकविरुद्ध प्रयोग हुन दिन नहुने बतानुउनुभएको छ।

शनिबार विराटनगरमा एमाले मोरङको १०औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उपमहासचिव ज्ञवालीले आफूहरू चीन र भारत दुवै छिमेकीसँग समान सम्बन्ध राख्ने कुरामा स्पष्ट रहेको बताउनुभयो। उहाँले नेपाललाई कुनै मुलुक विरुद्ध प्रयोग हुन दिन नहुने बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले प्रत्येक मुलुकले उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले प्रस्तुत गरेको जिकिर गर्नुभयो। युक्रेन विवाद र शक्ति राष्ट्रहरू बिचको द्वन्द्वले विकासोन्मुख र साना राष्ट्रहरूलाई सार्वभौमिकता र अखण्डता जोगाउन समस्या पर्ने गरेको दृष्टान्त प्रस्तुत गरेको उपमहासचिव ज्ञवालीले बताउनु भयो।