अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालयको बैठक आज : जनसंगठनमा पदाधिकारीको संख्या ९ जनामा झार्ने प्रस्ताव

एमाले सचिवालयको बैठक आज : जनसंगठनमा पदाधिकारीको संख्या ९ जनामा झार्ने प्रस्ताव


काठमाडौं -नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा सरकारले जारी गरेका अध्यादेशका बारेमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयमा ब्रिफिङ गर्ने कार्यसुची रहेको छ । सरकारले जारी गरेका ६ वटा अध्यादेश फागुनको तेस्रो साता संसदमा पेश गर्ने तयारी छ । ति अध्यादेश पास गराउन सरकारले प्रतिपक्षी पार्टीहरुसँग पनि लविङ गरिरहेको छ ।
आजको बैठकमा जनसंगठनमा पदाधिकारीको संख्या घटाउने विषय पनि एजेण्डाको रुपमा राखिएको छ । सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार हाल भइरहेको १७ जना पदाधिकारीको संख्यालाई ९ जनामा झार्ने प्रस्ताव आजको बैठकमा गरिदैछ । पार्टी र जनसंगठनका कमिटीहरु ठूला र भत्ता भएका कारण कामयावी हुन नसकिरहेको विगत देखि नै चर्चा भइरहेको छ । सम्भवत आजको बैठकले १७ सदस्यीय पदाधिकारीलाई घटाएर ९ जनामा झार्ने निर्णय गर्नेछ ।
आजको बैठकको निर्णय कार्यान्वयन गर्नका लागि भोली बिहान जनसंगठन संयन्त्रको बैठक डाकिएको छ । एमालेमा जनसंगठनहरुको अधिवेशन जारी छ । चैत महिना भित्र सबै जनसंगठनको अधिवेशन सक्नुपर्ने पार्टीको निर्देशन रहेको छ ।