अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं-संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाअन्तर्गत गठित विषयगत समितिमा रहेका सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ।

यस्तै, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छन्। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् तथा सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा सभाका अध्यक्ष दाहालले संविधान सभाका सदस्य विदुरप्रसाद सापकोटाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।