काठमाडौं-नेकपा एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चले बृहत् वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। वनभोज कार्यक्रम २०८१ फागुन २४ गते शनिवार, सहित पार्क, गोकर्णेश्वर नगरपालिका काठमाडौंमा आयोजना गर्ने भएको हो।
खोटाङ जिल्लाबाट काठमाडौँ आई विभिन्न पेसा, व्यवसाय गरी काठमाडौँमा स्थायी वा अस्थायी रूपमा बसेका पार्टी सम्बद्ध एवं अन्य पार्टी सबैलाई समेट्ने अभिप्रायले २०८१ फागुन २४ गते शनिवार बृहत् वनभोज कार्यक्रमको आयोजना गर्न लागिएको नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य एवं एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चका सहइन्चार्ज नवराज रोकाले जानकारी दिनुभयो।
विगत वर्षहरुमा गर्दै आएको निरन्तरताको रुपमा अयोजित वनभोज कार्यक्रमले एकता सहयोग रचनात्मक कार्य गर्दै सामाजिक सद्भाव कायम गरौं, पार्टी सङ्गठनको सुदृढीकरण, विस्तार तथा पार्टी गतिविधिलाई थप क्रियाशील गर्ने, भातृत्व निर्माण, भावना साटासाट, सांगठनिक, सहअस्तित्व र भाइचाराको सम्बन्ध स्थापित गर्ने विश्वास राखिएको मञ्चका सहइन्चार्ज रोकाले बताउनुभयो।

जन्मथलो छाडेर कर्मथलो काठमाडौं उपत्यका अस्थायी र स्थायी बसोबास गर्ने तथा देश/विदेश जुनसुकै ठाउँमा रहनुभएका आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनी, नरनाता, इष्टमित्र एवं एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चमा आवद्ध पदाधिकारी, मञ्चका सदस्यहरु, सल्लाहकारहरु, क्षेत्रीय सम्पर्क मञ्चका पदाधिकरी, सम्पूर्ण सदस्यहरु, पालिका मञ्चका अध्यक्ष, सदस्यहरु, एमालेका नेता तथा कार्यकता, एमाले शुभेच्छुक, शुभचिन्तक तथा समर्थकहरुलाई एउटै थलोमा भेला भई भेटघाट साथै विभिन्न गीतमा नाच्दै गाउँदै रमाइलो गर्दै बृहत् वनभोज कार्यक्रम भव्य र सभ्य रूपमा सफल बनाइ दिन उपस्थितिका लागि मञ्चका सहइन्चार्ज रोकाले हार्दिक अनुरोध गर्नुभएको छ।
सहित पार्क, गोकर्णेश्वर नगरपालिका, काठमाडौंमा आयोजना हुने बृहत् वनभोज कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिवालयका नेता, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, प्रदेश कमिटी, जिल्ला कमिटीका नेता, कोशी प्रदेश सम्पर्क कमिटिका नेता एवं विभिन्न जनवर्गीय भातृ सङ्गठनका नेता, कोशी प्रदेशअन्तर्गतका सम्पर्क मञ्चका पदाधिकारी, सल्लाहकार, सदस्यहरू खोटाङ–काठमाडौँ सम्पर्क मञ्चका सम्पूर्ण पदाधिकारी, सदस्य, पालिका तहको नेता तथा कार्यकर्ताहरु, पार्टीलाई माया र शुभेच्छा प्रकट गर्ने आम खोटाङबासीहरूको उपस्थिति रहने साथै स्थानीय एवं राष्ट्रिय स्तरको कलाकारहरुमार्फत रचनात्मक एवं मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हुने एमाले कोशी प्रदेश कमिटी सदस्य रोकाले बताउनुभयो।
बृहत् वनभोज कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि विगतमा झैं यस वर्ष पनि सम्पूर्ण तयारी भएको मञ्चका सहइन्चार्ज रोकाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘बृहत् वनभोज कार्यक्रमलाई सफल बनाउन आवश्यक सामग्री तयारी गरिसकेका छौं।’






प्रतिक्रिया