अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले सचिवालय बैठक सुरु, के छन् एजेण्डा ?

च्यासलमा एमाले सचिवालय बैठक सुरु, के छन् एजेण्डा ?


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। एमाले पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा सुरु भएको हो।

सचिवालय बैठकमा सरकारले जारी गरेका अध्यादेशका बारेमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयमा ब्रिफिङ गर्ने कार्यसूची रहेको जनाएको छ। सरकारले जारी गरेका ६ वटा अध्यादेश फागुनको तेस्रो साता संसदमा पेश गर्ने तयारी छ। ती अध्यादेश पास गराउन सरकारले प्रतिपक्षी पार्टीहरुसँग पनि लविङ गरिरहेको छ।

आजको बैठकमा जनसंगठनमा पदाधिकारीको संख्या घटाउने विषय पनि एजेण्डाको रुपमा राखिएको छ। सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार हाल भइरहेको १७ जना पदाधिकारीको संख्यालाई ९ जनामा झार्ने प्रस्ताव बैठकमा गरिदैछ। पार्टी र जनसंगठनका कमिटीहरु ठूला र भत्ता भएका कारण कामयावी हुन नसकिरहेको विगत देखि नै चर्चा भइरहेको छ। सम्भवत आजको बैठकले १७ सदस्यीय पदाधिकारीलाई घटाएर ९ जनामा झार्ने निर्णय गर्नेछ ।

आजको बैठकको निर्णय कार्यान्वयन गर्नका लागि भोली बिहान जनसंगठन संयन्त्रको बैठक डाकिएको छ। एमालेमा जनसंगठनहरुको अधिवेशन जारी छ । चैत महिना भित्र सबै जनसंगठनको अधिवेशन सक्नुपर्ने पार्टीको निर्देशन रहेको छ ।