काठमाडौँ-नेकपा एमालेले पाथीभरामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन सम्बन्धित सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितिपुरमा बसेको सचिवालय बैठकले सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न आग्रह गरेको हो। दुवै पक्षसँग छलफल र संवाद गरी केबलकार निर्माण गर्नतर्फ लाग्नुपर्ने सुझाव एमालेको छ।
पार्टी महासचिव शंकर पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने कुरामा पार्टीले चासो राखेको जानकारी दिनुभयो।






प्रतिक्रिया