अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे


काठमाडौं-नेकपा एमालेको केन्द्रिय सचिवालय बैठकले प्रेस चौतारी नेपालको उपाध्यक्ष गणेश पाण्डेलाई सचिव मनोनयन गरेको छ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्ति अनुसार लमजुङ निवासी पाण्डेलाई रिक्त रहेको सचिव पदमा मनोनयन गरिएको हो। यस अघिका सचिव गगन विष्ट सूचना आयोगको आयुक्तमा नियुक्त भएपछि सचिव पद रिक्त भएको थियो ।

पाण्डे चर्चित डकुमेन्ट्री मेकर पनि हुनुुहन्छ। उहाँका भाग्यले बाँचेका र को हजबेण्ड नामक डकुमेन्ट्री विश्वप्रशिद्ध छन्। २०६६ सालमा प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य हुनु भएका पाण्डे सचिव र दुई कार्यकाल उपाध्यक्ष हुनु भएको थियो। पाण्डेसँग मुलधारका दैनिक र टेलिभिजनमा काम गरेको अनुभव छ।